हेटौंडाः यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबारबाट देशभर सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । बिहान ११ बजेसम्म संचालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् । बागमती प्रदेशबाट यस वर्ष एक लाखभन्दा बढी परीक्षार्थीले एकैसाथ दिइरहेका छन् । एसईईमा एक लाख एक हजार ७ सय ३३ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।
मकवानपुरबाट ६ हजार ३ सय ३३ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । जसमा मकवानपुरको भीमफेदी गाउँपालिकाबाट २ सय ४६ जना परीक्षार्थीले एसईई दिइरहेका छन् । भिमफेदी–६ मा रहेको महेन्द्र माध्यमिक विद्यालय र भीमफेदी–१, सानुटारमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी एईई दिन हेटौंडामा आइपुगेका छन् । महेन्द्र माविबाट ४९ जना जना र राष्ट्रिय माविबाट ६५ जना विद्यार्थी हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा परीक्षा दिन आइपुगेका हुन् ।
पहिलो दिनको परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । मकवानपुर जिल्लामा २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।