हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा नवनिर्वाचित स्ववियु पदाधिकारी पदस्थापित भएका छन् । शुक्रबार निर्वाचन समितिले प्रमाणपत्र वितरण गरी अध्यक्ष अभि मैनालीसहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पदस्थापित गरिएको हो ।
चैत ५ गते सम्पन्न निर्वाचनबाट स्ववियु सचिवमा अन्जान खड्का, कोषाध्यक्षमा अविना थापा निर्वाचित हुनुभएको छ भने सदस्यमा गणेश तिमल्सिना, तिलकबहादुर पाख्रिन, नवीनकुमार चौधरी, भरतमोहन देवकोटा, रञ्जिता फुयाल निर्वाचित हुनुभएको छ । स्ववियुमा समानुपातिकतर्फबाट विधान आचार्य, अन्जान अर्याल, सुजिता न्यौपाने, प्रतिमा ढुंगाना, दीपक वाईबा, कमलीमाया भोलन र रोशनी आलेमगर निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत अच्युत पराजुलीको अध्यक्षता तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको प्रमुख आतिथ्यमा सपथग्रहण समारोह भएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य प्रदीप कोइराला, क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, स्ववियुका निवर्तमान अध्यक्ष उमेश पुरीको पनि उपस्थिति रहेको थियो ।