Home अर्थ/व्यापार पार्टी प्यालेस व्यवसायी संघमा सुवेदी

पार्टी प्यालेस व्यवसायी संघमा सुवेदी

दीपक प्रसाद सुवेदी

हेटौंडाः मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ मकवानपुरको दोस्रो साधारण सभाबाट दीपक प्रसाद सुवेदीको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । शनिबार हेटौंडामा सम्पन्न अधिवेशनबाट सुवेदीको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा ज्ञानेन्द्र अधिकारी, महासचिवमा चेतनाथ सापकोटा, सचिवमा मदन पोखरेल र कोषाध्यक्षमा हिरा पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यमा ध्रुवप्रसाद अधिकारी, विष्णुप्रसाद अर्याल, राजेश मानन्धर, गोकर्ण पुडासैनी, प्रमोद उप्रेती, छत्रप्रसाद अधिकारी, पारशमणि थिङ र रिजन बर्तौला निर्वाचित हुनुभएको छ ।

साधारणसभाको उद्घाटन कार्यक्रम निवर्तमान अध्यक्ष कविता कुमारी अधिकारीको अध्यक्षता तथा संविधान सभा सदस्य शेरबहादुर पहरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा हेटौंडा–१३ का अध्यक्ष पेम्बा लामाको पनि आतिथ्य रहेको थियो । नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ ।

Exit mobile version