Home मुख्य समाचार गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन सुरु

गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन सुरु

गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशनमा सहभागिहरु ।

हेटौंडाः गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन सुरु भएको छ । आइतबार हेटौंडामा सुरु अधिवेशनको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमक्ट्टेलले उद्घाटन गर्नुभयो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पद बढी जितेको पार्टीले अध्यक्ष पाउने व्यवस्था छ । बागमती प्रदेशमा सबैभन्दा बढी नेपाली काङ्ग्रेसले पालिकाको प्रमुख पद जितेको छ । महासंघको प्रदेश अध्यक्ष काङ्ग्रेसले पाउनेछ ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष ईश्वरराज पोखरेलको सभाध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डे, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका बागमती प्रदेश समिती अध्यक्ष सरल सहयात्री पौडेल लगायत पालिकाका अध्यक्ष र उपाध्यक्षहरुको सहभागीता रहेको छ ।

Exit mobile version