शहरको केन्द्रमा रहेको फुलबारीमा थरिथरिको फुलहरु फुलिरहेको थियो । माली स्वयं अनि उसको परिवारले फुलबारीमा मलका लागि वरिपरि जथाभावी दिसा–पिसाब गर्दथ्यो ।
त्यो बगैंचाको वरिपरि हिँड्ने सबै बटुवाहरु भन्दथ्यो, “छ्या–छ्या कस्तो गन्हाउने फुलबारी ? यसरी दिन–प्रतिदिन त्यो सुन्दर फुलबारी सबैको नजरमा आलोचित हुँदै गइरहेको थियो ।
धेरै बटुवाबाट फुलबारी आलोचित भएपछि समस्या समाधानका लागि बसेको बैठकमा केही सहभागीहरुले भन्यो, “यो फुलबारीलाई फेर्नु पर्छ ।”
सहभागी मध्य अर्को एकजना उठ्दै बोल्यो, “वहाँहरुको सुझावप्रति म असहमत छु, यो फुलबारी स्वयं दुर्गन्धित होइन, यो फुलबारीलाई दुर्गन्धित बनाउने बगैंचाको व्यवस्थापक माली र उसको परिवार हो ।
यसैले फुलबारी फेर्ने होइन, माली फेर्नु पर्छ । ल तपाईहरु नै भन्नू होस, के फेर्ने ? भनी उसले अन्य सहभागीतर्फ फर्किँदै सोध्यो ।”