निबन्ध लेखन प्रतियोगितामा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः राडो नेपालको आयोजना तथा प्लान नेपालको आर्थिक सहयोगमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ स्थित शारदा माविमा निबन्ध प्रतियोगिता भएको छ । मानव बेचबिखन नियन्त्रणमा युवाको भूमिका शिर्षकमा भएको प्रतियोगितामा गोमा भण्डारी प्रथम, समिक्षा गौतम द्वितीय र सन्ध्या तिरुवा तृतीय भएका छन् ।

मानव बेचबिखनविरुद्धको प्रोटेक्ट परियोजनाका कार्यक्रम अधिकृत सुनिल चिमरियाले प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभयो । मानव बेचबिखन हुने कारण, यसलाई न्यूनीकरण गर्ने उपाय र यसबाट समाजमा देखिने असरका विषयमा पनि कार्यक्रम अधिकृत चिमरियाले बाताउनु भएको थियो । कार्यक्रममा २२ जना विद्यार्थीको सहभागिता रहेको युवा अभियन्ता स्वीकृति न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा सामाजिक परिचालक रामकृष्ण तिमिल्सिना र रेनुका न्यौपानेसँगै युवा अभियन्ताको पनि उपस्थिति रहेको थियो ।