हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्ववियु अध्यक्षमा कुमार घिसिङ विजयी भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा २९ मतसहित कुमार घिसिङ विजयी भएका हुन् । अध्यक्षका अर्का आकांक्षी नेपाल विद्यार्थी संघका किशोर लम्सालले २७ मत पाए ।

मनहरी बहुमुखी क्याम्पसको स्ववियु सचिवमा नेपाल विद्यार्थी संघका गेमराज थिङ निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यषमा प्रविण रुम्बा ३१ मतसहित विजयी भएका छन् । कोषाध्यक्षका अर्का आकांक्षी अरुणा सापकोटाले २२ मत मात्रै प्राप्त गरिन् । सदस्यमा माधवप्रसाद अधिकारी (३४ मत), सीता सापकोटा (३२ मत) र प्रशान्त सुवेदी (२७ मत) निर्वाचित भएका छन् । ६० मतदाता रहेको मनहरी बहुमुखी क्याम्पसमा ५६ मत खसेको थियो ।