हेटौंडाः हेटौंडा–१६, हटियास्थित हटिया–जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा मुना गोले निर्वाचित भएकी छिन् । आइतबार सम्पन्न निर्वाचनबाट मुना गोलेको प्यानलै विजयी भएको हो ।

स्ववियु सचिवमा पुष्पा वास्तोला, कोषाध्यक्षमा नमुना पोखरेल, सदस्यमा मेनुका दहाल, पवित्रा अधिकारी र विनिता तिमल्सिना निर्वाचित हुनुभएको छ ।