Home मुख्य समाचार मनहरी बहुमुखी क्याम्पसमा कुमार विजयी

मनहरी बहुमुखी क्याम्पसमा कुमार विजयी

कुमार घिसिङ

हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्ववियु अध्यक्षमा कुमार घिसिङ विजयी भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा २९ मतसहित कुमार घिसिङ विजयी भएका हुन् । अध्यक्षका अर्का आकांक्षी नेपाल विद्यार्थी संघका किशोर लम्सालले २७ मत पाए ।

मनहरी बहुमुखी क्याम्पसको स्ववियु सचिवमा नेपाल विद्यार्थी संघका गेमराज थिङ निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यषमा प्रविण रुम्बा ३१ मतसहित विजयी भएका छन् । कोषाध्यक्षका अर्का आकांक्षी अरुणा सापकोटाले २२ मत मात्रै प्राप्त गरिन् । सदस्यमा माधवप्रसाद अधिकारी (३४ मत), सीता सापकोटा (३२ मत) र प्रशान्त सुवेदी (२७ मत) निर्वाचित भएका छन् । ६० मतदाता रहेको मनहरी बहुमुखी क्याम्पसमा ५६ मत खसेको थियो ।

Exit mobile version