हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठनले हेटौंडा–१५ मा वडास्तरीय कमिटी गठन गरेको छ । शुक्रबार संगठनको मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालको प्रमुख आतिथ्यमा भेला गरी वडास्तरीय समिति गठन गरेको हो ।

भेलाले सिर्जना रानाभाटको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ । भेलाबाट उपाध्यक्षमा गीता बस्नेत र मानकुमार दाहाल, सचिवमा रश्मि कट्टेल र कोषाध्यक्षमा सरिश्मा भोम्जन चयन हुनुभएको छ । यस्तै सदस्यमा मिनबहादुर राई, रुपक अधिकारी, पुनम भुजेल, टिका प्रसाद बोलखे चयन हुनुभएको छ ।