हेटौंडाः हेटौंडामा जारी अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनल चरणका खेलहरु आज हुनेछन् । हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्डहलमा जारी प्रतियोगिताको सेमिफाइनल चरणमा पुरुषतर्फ ४८ केजी तौल समूहमा तलितपुरका प्रकाश कठायतले अल्फा बक्सिङ क्लबका विकेशलाल बुढा मगरसँग पहिलो प्रतिस्पर्धा गर्नेछ । ४८ केजी तौल समूहको दोस्रो सेमिफाइनलमा भाइभ्सका सन्जय लामा र नक्साल बक्सिङ क्लबका मानव लामाबीच प्रतिस्पर्धा हुनेछ ।

५१ केजी तौल समूहको पहिलो सेमिफाइनल खेल अछाम जिल्लाको टिकाराम ऐडी र एबीसी बक्सिङ क्लबका रविन लिम्बुबीच खेल हुनेछ भने दोस्रो सेमीफाइनल खेलमा बक्समाण्डुका प्रवल उप्रेती र प्युठानका निरञ्जन चौधरीबीच खेल हुनेछ । ५४ केजी तौल समूहमा अमृत ठाडारी र दाङका विवेक देवकोटाबीच खेल हुनेछ भने दोस्रो सेमीफाइनल खेल नक्साल बक्सिङ क्लबका पुकार जोशी र अल्पा बक्सिङ क्लबका जीवन महराबीच हुनेछ ।

५७ केजी तौल समूहमा डीजीबक्स क्लबका आयुष श्रेष्ठले निर्मल रिजालको समना गर्न बाध्य हुन्छन् भने बक्समाण्डुका आयुष थापाले दमकका ओयल राईबीच खेल हुनेछ । यस्तै ६० केजी तौल समूहमा भाइवका निरञ्जन मुक्तान र कैलालीका सिर्जन बिकबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो सेमिफाइनलमा एबीसी बक्सिङ क्लबका एलिस शाही र डीजीबक्स बक्सिङ क्लबका सौरभ राईबीच प्रतिस्पर्धा हुनेछ । ६३.५ केजी तौल समूहमा पहिलो सेमिफाइनल खेल नक्साल बक्सिङ क्लबका प्रज्वल श्रेष्ठ र बक्समाण्डुका निमा शेर्पाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनल क्लब ललितपुरका विकल्प राई र मकवानपुरका सोहन राईबीच प्रतिस्पर्धा हुनेछ ।

६७ केजी तौल समूहको पहिलो सेमिफाइनलमा कञ्चनपुरका साहिल करण मल्लले आभास विक्रम साहसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा बक्समाण्डुका लाक्पा शेर्पा र कास्कीका निश्चित भट्टचनबीच खेल हुनेछ । ७१ केजी तौल समूहको पहिलो सेमिफाइनल नक्साल बक्सिङ क्लबका निमा दोर्जे तामाङ र कास्कीका आयुष तामाङबीच खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा आशिष लामा र प्रवेश बस्नेतबीच खेल हुनेछ । ७५ केजी तौल समूहमा नक्सालका प्रज्वल श्रेष्ठ र सल्यानका दर्शन घर्ती मगर बीच खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा डिजिबक्सका आयुन श्रेष्ठ र अल्फाका पुष्प गुराँस ओलीबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ ४८ केजी तौल समूहमा कास्कीकी नायरा मगरले अछामकी निरमाया ऐडीसँग सेमिफाइनल चरणको खेल खेल्नेछ । ४८ केजी तौल समूहमै दोस्रो सेमिफाइनल खेलमा बक्समाण्डुकी पूर्णिमा तामाङ र दमककी प्रतिक्षा राईबीच खेल हुनेछ । यस्तै ५० केजी तौल समूहमा युजन श्रेष्ठले मकवानपुरका रोशनी घर्ती मगरसँग खेल्नेछ भने दोस्रो सेमिफाइनलमा चितवनकी तिलमाया सारु मगरले भक्तपुरकी भावना भण्डारीबीच प्रतिस्पर्धा हुनेछ ।

५७ केजी तौल समूहको सेमिफाइनलमा दमककी स्मारिका राईले बक्समाडौंकी प्रिती श्रेष्ठसँग खेल्नेछ । ६० केजी तौल समूहमा पहिलो सेमिफाइनल चितवनकी जस्मिन गुरुङ र एबीसीकी सन्ध्या राईबीच खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा भूमिकी बबिता गोदार क्षेत्री र उदयपुरबाट बिर्सना राईबीच प्रतिस्पर्धा हुनेछ । ६६ केजी तौल समूहमा बक्समाण्डुकी प्रितिषा राईले रेन्जकी सहिंसा विष्टबीच खेल हुनेछ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन २५ खेल सम्पन्न भएको थियो भने दोस्रो दिन बुधबार ३४ खेल भएको थियो । बिहीबार ३५ खेल भए । प्रतियोगिताको सेमिफाइनल चरणको खेल शुक्रबार हुँदैछ भने फाइनल भोलि शनिबार हुनेछ ।