प्रशिक्षण गर्दै ।

हेटौंडाः मकवानपुरमा दोस्रो पटक रग्बी च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रगंशालामा आउँदो चैत २४ र २५ गते हुने रग्बी च्याम्पियनसिपका कोच बिक्रम भारतीले जानकारी दिनुभयो ।

प्रतियोगितामा ७ वटा प्रदेशबाट महिला र पुरुष गरी १४ वटा समूहको सहभागिता रहनेछ । साथै, विभागीय समूह ६ वटा, युके र जापानको एक–एक पुरुष समूह पनि सहभागी हुने भारतीले बाताउनुभयो । च्याम्पियनसिपमा ७ वटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मकवानपुरमा रग्बी खेलका ६४ जना खेलाडीहरु रहेकोमा ३४ जना महिला र ३० जना पुरुष रहेका छन् । मकवानपुरमा रग्बी खेलको सुरुवात भएको एक वर्षको हाराहारी भएको उहाँले बताउनुभयो ।

यस खेलमा प्रदेश विजेता महिला समूहको पनि सहभागिता रहेको उहाँले बताउनुभयो । खेलमा विजेता हुने समूहले नगद १ लाख र उपविजेता हुने समूहले नगद ५० हजार रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।