हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी शनिबारबाट प्रतियोगिता सुरु हुने प्रतियोगिताका संयोजक मोहन वाईबाले जानकारी दिनुभयो ।
कैलाश–९, नामटारमा हुने प्रतियोगितामा पालिकाका १० वटै वडाका टिमको सहभागिता रहने संयोजक वाईबाले बताउनुभयो । नकआउट प्रणालीमा हुने खेलमा ९ ए साइड खेलाइने जनाएको छ । खेलमैदानको क्षेत्रफल सानो भएकाले ९ ए साइड खेलाउन लागिएको संयोजक वाईबाले बताउनुभयो । प्रतियोगिताको खेल । तालिका बिहिबार सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेता टिमले नगद ६० हजार रुपैयाँ, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुनेले नगद २० हजार रुपैयाँ पाउने जनाएको छ । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।











