हेटौंडाः हेटौंडा–सिन्धुली मार्गअन्तर्गत हेटौंडा–१७, हटिया कठायत चोकमा बुधबार बिहान मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी एक जना गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।
हेटौंडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर आफसमा ठोक्किएर दुर्घटना भएको हो । स्कुटरमा सवार मकवानपुरको बागमती गाउँपालिकाकी ललिता मगर र सुशीला वाईबा, मोटरसाइकलमा सवार हेटौंडा–१८ का दीपक घलान र अर्जुन बोम्जन घाइते भएको प्रहरी चौकी हटियाका प्रहरी सहायक निरीक्षक पंकज कुमार झाले जानकारी दिनुभएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।