त्रिभुवन मावि ।

हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयमा बिहीबार शोक बिदा दिइएको छ । नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर समितिको आव्हानमा शोक बिदा दिइएको हो । हेटौंडा-११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा कार्यरत कर्मचारी राधिका राना मगरको निधनप्रति बिहीबार विद्यालयमा शोक बिदा दिइएको हो ।

मगरको फागुन १६ गते राति मंगलबार निधन भएको थियो । बुधबार विज्ञप्ती जारी गर्दै महासंघले सबै विद्यालयका शिक्षक कर्मचारी त्रिभुवन माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिने श्रद्वाञ्जली सभा उपस्थित हुन आग्रह समेत गरेको थियो । हेटौंडा उपमहानगरमा ७५ वटा सामुदायिक विद्यालय छन् ।