हेटौंडाः नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन मकवानपुुरको अध्यक्षमा विवेक कार्की निर्वाचित हुनुभएको छ । मंगलबार हेटौंडामा भएको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रितम् मोक्तान, सचिवमा विशाल खड्का, सहसचिवमा नयन नेपाल, कोषाध्यक्षमा राशिका थापा, सदस्यमा सुरेश मोक्तान, नवीन मोक्तान, भावुक नेपाल, आयुषा जोशी र सरोज लुइटेल चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष निकित पोखरेलको अध्यक्षता तथा नेकपा एमाले पोलिट्व्युरो सदस्य पार्वत गुरुङको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । अधिवेशनको उद्घाटन समारोहमा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, वडा सदस्य जनरल श्रेष्ठ, पेशागत महासंघ मकवानपुरका अध्यक्ष श्रीराम दाहालको पनि आतिथ्य रहेको थियो ।