हेटौंडाः कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै सरकारले देशभर लकडाउन गरेको आज ४१ औं दिन जारी छ । हेटौंडामा लकडाउनको पालना भने कमजोर देखिएको छ । हेटौंडा बजारमा दिनभर तरकारीको ठेला बजारमा डुलिरहेको छ । बिहान ९ बजेसम्म पनि अत्यधिक संख्यामा तरकारी तथा फलफुलको ठेला चलिरहेको देखिन्छ ।

एउटै चोकमा ४/५ वटा ठेला ग्राहक कुरिरहेको हुन्छ । लकडाउनअघि चटपटे व्यापारी, स्क्र्याप व्यापारीदेखि साना पसल सञ्चालकहरु पनि ठेला चलाएर तरकारीको व्यापार गरिरहेका छन् । यस्तै चोकैपिच्छे सडकपेटीमा तरकारीको व्यापार गर्ने नयाँ व्यापारी बढेका छन् ।

तरकारीको व्यापारले बिहान हेटौंडा बजारको निक्कै चहलपहल बढेको छ । अत्यावश्यक भनिए पनि अस्वभाविक भीडभाड नियन्त्रण गर्न स्थानीय प्रहरी, प्रशासन विफल भएको छ ।