Home मुख्य समाचार लकडाउनका बेला पनि हेटौंडा बजारमा दिनभर ठेलामा तरकारी व्यापार

लकडाउनका बेला पनि हेटौंडा बजारमा दिनभर ठेलामा तरकारी व्यापार

हेटौंडा बजारको अजरअमररोडमा आज दिउँसो १२ बजेको समयमा भेटिएको तरकारीको ठेला ।

हेटौंडाः कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै सरकारले देशभर लकडाउन गरेको आज ४१ औं दिन जारी छ । हेटौंडामा लकडाउनको पालना भने कमजोर देखिएको छ । हेटौंडा बजारमा दिनभर तरकारीको ठेला बजारमा डुलिरहेको छ । बिहान ९ बजेसम्म पनि अत्यधिक संख्यामा तरकारी तथा फलफुलको ठेला चलिरहेको देखिन्छ ।

हेटौंडा–४, कभर्डहल चोकमा बिहानको समयमा ठेलाहरु ।

एउटै चोकमा ४/५ वटा ठेला ग्राहक कुरिरहेको हुन्छ । लकडाउनअघि चटपटे व्यापारी, स्क्र्याप व्यापारीदेखि साना पसल सञ्चालकहरु पनि ठेला चलाएर तरकारीको व्यापार गरिरहेका छन् । यस्तै चोकैपिच्छे सडकपेटीमा तरकारीको व्यापार गर्ने नयाँ व्यापारी बढेका छन् ।

मकवानपुर जिल्लामा फलफुल आयात रोक्ने भनिए पनि शनिबार बिहान स्याउ लिएर आएको एउटा ठेला ।

तरकारीको व्यापारले बिहान हेटौंडा बजारको निक्कै चहलपहल बढेको छ । अत्यावश्यक भनिए पनि अस्वभाविक भीडभाड नियन्त्रण गर्न स्थानीय प्रहरी, प्रशासन विफल भएको छ ।

Exit mobile version