प्रतियोगिताका उत्कृष्ट खेलाडी दीप कार्कीलाई बुलेट बाइकको चावी हस्तान्तरण गरिँदै ।

हेटौंडाः पाँचौ संस्करणको शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हुँदै मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक दीप कार्कीले बुलेट बाइक प्राप्त गरेका छन् ।

मनाङका कप्तान समेत रहेका गोलरक्षक दीप कार्कीलाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले बुलेट बाइकको चावी हस्तान्तरण गर्नुभयो । बुलेट बाइकको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गरेको हो ।

बुधबार सम्पन्न फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले जितेको छ । जितसँगै मनाङले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको हिमालयनले १० लाख रुपैयाँमा चित्त बुझायो ।