हेटौंडाः सामुदायिक क्याम्पसका प्राध्यापकहरुको छाता संगठन पव्लिक क्याम्पस प्राध्यापक संघको केन्द्रीय समितिमा मकवानपुरका अर्पण पराजुली र गौतम केसी चयन हुनुभएको छ । आइतबार सम्पन्न संघको महाधिवेशनबाट हेटौंडा क्याम्पसका उपप्राध्यापक अर्पण पराजुली र मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक गौतम केसी केन्द्रीय सदस्य चयन हुनुभएको हो ।
चौथो महाधिवेशनले जनमैत्री क्याम्पस काठमाडौंका नरेन्द्र कोइरालाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यासमिति चयन गरेको छ । महाधिवेशनमा देशभरका ५ सय ६२ वटा सामुदायिक क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको थियो । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । नवनिर्वाचित समितिको पहिलो बैठक सोमबार बिहान बसेको छ । पहिलो बैठकले संघको कार्ययोजना बनाउने निर्णय गरिएको केन्द्रीय समिति सदस्य अर्पण पराजुलीले जानकारी दिनुभएको छ ।