हेटौंडाः सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा एक हजार भन्दा बढी पीडित भएका छन् । आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बागमती प्रदेशमा १ हजार ४ सय २५ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ।
इन्सेक बागमती प्रदेशले हेटौंडामा पत्रकार भेटघाट कार्यक्रम मार्फत् मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ३४ जना महिला र ३ सय ४१ पुरुष गरी ३ सय ७५ जना पीडित भएको जनाएको छ । ज्यादतीका घटनामा अन्य पक्षबाट ८ सय ७७ जना महिला, १ सय ७२ जना पुरुष र १ जना यौनिक अल्पसङ्ख्यकसहित १ हजार ५० जना पीडित भएको उल्लेख गरेको छ ।
सोही अवधिमा राज्यपक्षबाट भएका मानव अधिकार उल्लङ्घन अन्तर्गत कारागारमा रहेका ४ जना महिला र ४१ पुरुष गरी ४५ जनाको स्वास्थ्य समस्या लगायत विभिन्न कारणले मृत्यु भएको इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले जानकारी दिनुभयो । यसैगरी कुटपिटका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ३८ जना, यातनाका घटनामा ४ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ३० जना महिला र २ सय ४५ जना पुरुष गरी २ सय ५५ जना पीडित भएको उहाँले बताउनुभयो ।
इन्सेकका तथ्यांकअनुसार सन् २०२२ मा महिला अधिकार उल्ङ्ङ्घनका घटनामा ४ सय ३४ जना महिला पीडित भएका थिए । यस वर्ष बेचबिखनका घटनामा १३ जना, घरेलु हिंसाका घटनामा ९० जना, कथित बोक्सीको आरोपमा ३ जना, बलात्कारका घटनामा १ सय ७१ जना, बलात्कार प्रयासका घटनामा ३५ जना र यौन दुव्र्यवहारको घटनामा १७ जना महिला पीडित भएका छन् । यस्तै, बाल अधिकार उल्लङ्घनका घटनामा ४ सय २ जना पीडित भएका छन् ।
-विनोद चौलागाईँ