हेटौंडाः मकवानपुर क्रिकेट टिमका क्याप्टेन सुमन सुनार चितवनको बिएम ब्लास्टरमा अनुबन्ध भएका छन् । फागुन २३ गतेदेखि चितवनमा सुरु हुने प्रथम इस्टर्न क्रिकेट एकेडेमी टि–२० लिगका लागि सुनार चितवनको बिएम ब्लास्टरमा क्याप्टेनको रुपमा अनुबन्ध भएका हुन् ।
सुनारले विगतमा राष्ट्रियस्तरको प्रधानमन्त्री क्रिकेट कप, बागमती प्रदेश कपमा समेत खेलेका छन् । उनलाई प्रतियोगिता अवधिभरि सम्झौता गरिएको हो । उनी हाल हेटौंडा–१९ बस्तीपुरमा बसोबास गर्दै आएका छन् । प्रतियोगिताबारेमा विस्तृतमा फागुन ४ गते पत्रकार सम्मेलन मार्फत आयोजकले प्रथम पुरस्कार, द्वितीय पुरस्कार तथा अन्य विधागत पुरस्कारको घोषणा गरिनेछ । इस्टर्न क्रिकेट एकेडेमी टि–२० प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहनेछ ।