हेटौंडाः मकवानपुरका विद्यार्थी नेता अरुण बर्तौला नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुको बागमती प्रदेश कमिटीको सचिव चयन हुनुभएको छ । शुक्रबार काठमाडौंमा भएको भेलाले बर्तौलालाई प्रदेश कमिटीको सचिव चयन गरेको हो । अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीका अध्यक्ष समेत रहनुभएका बर्तौला प्रदेश सचिव चयन हुनुभएको हो ।
भेलाले दिपक बुढाथोकीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरिएको छ । प्रदेश कमिटीको उपाध्यक्षमा जयराम बास्कोटा, सरिता खाती र रिता सापकोटा चयन हुनुभएको छ । यस्तै सहसचिवमा प्रदीप न्यौपाने र सुजया लामा चयन हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको पोलिट्व्युरो सदस्य तथा अनेरास्ववियु विद्यार्थी इन्चार्ज रामकुमार भट्टराईको प्रमुख आतिथ्यमा प्रदेश कमिटीको भेला भएको हो ।