फाइल तस्बिर ।

हेटौंडाः लागुऔषध गाँजासहित दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो साढे ३ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका–७, मनहरी बजार क्षेत्रबाट मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का ४३ वर्षीय जगत बहादुर थोकर र ५१ वर्षीया सन्चरी माया स्याङ्बोलाई प्रहरीले लागुऔषध गाँजासहित पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी सहायक निरीक्षक मान बहादुर कुमालको कमाण्डमा खटिएको बजार गस्ती टोलीले शंका लागि सुरक्षाजाँच गर्दा थोकर र स्याङ्बोले पछाडि भिर्ने झोलामा लुकाई ल्याएको २० केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।