हेटौंडाः बागमती प्रदेश सरकारले आगामी फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । सार्वजनिक विदासम्बन्धी जानकारीका लागि मन्त्रालयले सूचना जारी गरेको छ । मन्त्रालयका उपसचिव एवम् प्रवक्ता अनुशील सापकोटाले विदासम्बन्धी जानकारी गराउनुभएको हो ।