हेटौंडाः अखिल नेपाल किसान महासंघ मकवानपुरले संगठन सुदृढीकरढण अभियान संचालन गर्ने भएको छ । महासंघले मकवानपुर जिल्ला भित्रका १० वटै स्थानीय तहको कमिटि बैठक गर्ने र कमिटी नभएको स्थानीय तहमा कमिटी गठन गर्ने निर्णय गरेको छ ।
मंगलबार नेकपा एमाले पार्टी कार्यालयमा बैठक बस्दै महासंघले फागुन भित्र जिल्लाको सम्मेलन गर्ने निर्णय गरेको हो । चैतमा हुने राष्ट्रिय सम्मेलनभन्दा अगाडि महासंघको सबै स्थानीय तहमा कार्यक्रम गरी जिल्ला सम्मेलन गर्ने नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले जानकारी दिनुभयो । यस्तै, महासंघले साधारण सदस्यता वितरण गर्ने भएको छ ।
बैठकमा किसानहरुको समस्या पहिचान गर्ने, सहजीकरण गर्ने, परिचालन गर्ने, कसानको हितमा छुट्याएको बजेट तथा योजना कार्यान्वयन गर्न भूमिका स्थापित गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठक महासंघका जिल्ला अध्यक्ष विष्णु दंगालको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र मोहन शर्मा, उपमहासचिव बाबुराम थापा, केन्द्रिय सदस्यहरु सम्राट तुम्फाहाम्फे, एकराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।