अभिभावक भेलामा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य भारती पाठक ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको अभिभावक भेला भएको छ । सोमबार विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रिता दाहालको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यमा अभिभावक भेलाको उद्घाटन कार्यक्रम भएको हो ।

अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले विद्यालयको अवस्था र आगामी योजनाका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य भारती पाठकले विद्यालयमा अभिभावकले ध्यान दिनु पर्ने बताउनुभयो । प्रदेश सरकारको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट विद्यालयको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अभिभावक भेलामा वडा अध्यक्ष नवीन सिग्देल, वडा सदस्य जनरल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाको शिक्षा अधिकृत रमेश बिडारीको पनि आतिथ्य रहेको थियो । श्रमिक माविमा चार सय २७ विद्यार्थी अध्ययनरत छन् ।