खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः नेपाल टेलिकमको १९ औ वार्षिकोत्सवको अवसरमा हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाल टेलिकमको हेटौंडा शाखाका कर्मचारीले शुक्रबार वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरिएको हो ।

नेपाल टेलिकम हेटौंडा शाखाका प्रमुख रविन्द्र थापासहितको कर्मचारीको समूह शुक्रबार वृद्धाश्रममै पुगेर खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो । माघ २२ गते नेपाल टेलिकमको वार्षिकोत्सव हो । वार्षिकोत्सवको दिन कार्यालय सुचारु राख्नुपर्ने भएकोले शुक्रबार कार्यालय समयपछि आश्रममा पुगेर खाद्यान्न सहयोग गरिएको नेपाल टेलिकम हेटौंडा शाखाका बासु ढुंगेलले जानकारी दिनुभयो ।