हेटौंडाः हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा मंगलबार सबै खेल सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत मंगलबार भलिबल, कबड्डी र एथ्लेटिक्सका सम्पूर्ण खेल सम्पन्न भएकोे हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका खेल निर्णायक भरत प्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
भलिबल खेलमा पुरुषतर्फ निर्मल मावि र महिलातर्फ ज्ञानोदय बालबाटिका छनोट भएको छ । कबड्डी खेलमा पुरुषतर्फ जनप्रिय मावि र महिलामा प्रगति मावि छनोट भएको छ । एथ्लेटिक्समा पुरुष २ सय मिटर दौडमा जनप्रिय माविका जिकेश सापकोटा प्रथम र सिद्धार्थ माविका अश्विन खत्री द्वितीय हुँदै छनोट भएका छन् भने महिलातर्फ बालबोध माविका करुणा पाख्रिन प्रथम र गोरक्षनाथ माविका रीतिका खड्का द्वितीय हुँदै छनोट भएका छन् ।
त्यस्तै पुरुष ३ सय मिटर दौडतर्फ गोरक्षनाथ माविका मोहित विक प्रथम र सिद्धार्थ माविका दिपेश बल द्वितीय हुँदै छनोट भएका छन् भने महिलातर्फ रेशमा थापा प्रथम र प्रगति माविका प्रार्थना लोप्चन द्वितीय हुँदै छनोट भएका छन् । पुरुष ४ सय मिटर दौडतर्फ जनप्रिय माविका सुजन माझी प्रथम र प्रगति माविका रोशन कार्की द्वितीय हुँदै छनोट भएका छन् भने महिलातर्फ ज्योति माविकी रुबि भ्लोन प्रथम र नवोदय माविकी नान्सी हिम्डुङ द्वितीय हुँदै छनोट भएका छन् ।
पुरुष ८ सय मिटर दौडतर्फ जनप्रिय माविका स्ुजन तितुङ प्रथम र सिद्धार्थ माविका सुशील वाईबा द्वितीय हुँदै छनोट भएका छन् भने महिलातर्फ ज्योति माविका राधा विक प्रथम र ज्योति माविका रेश्मा थापा द्वितीय हुँदै छनोट भएका छन् । पुरुष हाई जम्पतर्फ भुटनदेवी माविका अभिनन्ध चौधरी प्रथम र आकाश बर्तौला द्वितीय हुँदै छनोट भएका छन् भने महिलातर्फ जनज्योति माविकी जश्मिना गोले प्रथम र निर्मल माविकी सजिना थिङ द्वितीय हुँदै छनोट भएका छन् ।
पुरुष लङ्ग जम्पतर्फ माउण्ट एभरेस्ट स्कुलका सुबिन भ्लोन प्रथम र चन्द्रोदय माविका अभिनाश चौधरी द्वितीय हुँदै छनोट भएका छन् भने महिलातर्फ जनप्रिय माविकी दिपिका बास्तोला प्रथम र सजिना आचार्य द्वितीय हुँदै छनोट भएका छन् । यस्तै पुरुष ट्रिपल जम्पतर्फ जनप्रिय माविका जिकेश सापकोटा प्रथम र सुजन माझी द्वितीय हुँदै छनोट भएका छन् भने महिलातर्फ जनप्रिय माविकी दिपिका बास्तोला प्रथम र सुदीक्षाा प्रजा द्वितीय हुँदै छनोट भएका छन् ।
प्रतियोगिताअन्तर्गत् कराँते र उसुका खेलाडीहरु आइतबार नै छानिएका छन् । कराँतेमा ८ जना खेलाडी छानिएको थियो । पुरुष ४२ केजीतर्फ बाल उज्ज्वल माविका बिराज तितुङ, ४७ केजीतर्फ त्रिभुवन माविका मनोज पाख्रिन र ५२ केजीतर्फ नवोदय शिशु सदनका यस नेपाल र एकल पुरुष कातातर्फ सिद्धार्थ माविका बुद्ध सागर ब्लोन छनौट भएका छन् । यस्तै महिला कराँतेतर्फ ४० केजी तौलमा त्रिभुवन माविकी शोयश्मा प्रधान, ४५ केजीतर्फ बाल उज्ज्वल माविकी सुरक्षा मैनाली, ५२ केजीमा नवोदय शिशु सदनकी श्रेया श्रेष्ठ र एकल महिला कातातर्फ बाल उज्ज्वल माविकी रिया विश्वकर्मा छनौट भएकी हुन् ।
पुरुषतर्फ उसुमा आधुनिक राष्ट्रिय माविका ३ जना र महिलातर्फ प्रगति माविकी ३ जना खेलाडी छनौट भएको छ । आधुनिक माविका पारखी ठकुरी, कृष्ण बराल र सोभित थापा छनौट भएका हुन् । महिलातर्फ प्रगति माविकी शान्ति थिङ, जेनिशा गुरुङ र सोममाया मोक्तान छनौट भएकी हुन् । पालिकास्तरीय छनोट प्रतियोगिताबाट छानिएका विद्यार्थी खेलाडीले अब जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । हेटौंडा उपमहानगरपालिकाको आयोजना, चन्द्रोदय माविको व्यवस्थापन तथा सम्बन्धित खेल संघका पदाधिकारी, निर्णायक, प्रशिक्षक, खेलाडीको प्राविधिक सहयोगमा छनोट प्रतियोगिता आइतबार, सोमबार र मंगलबार तीन दिन भएको हो ।