हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयमा आज बुधबार शोक विदा दिइएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा प्राथमिक तह राहत दरबन्दीमा कार्यरत जमुना तितुङको निधनको शोकमा विद्यालयमा शोक सभा गरी विदा दिइएको हो ।
नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर समितिको आव्हानमा विद्यालयमा शोक सभा गरी विदा गरिएको हो । हेटौंडा–७ की तितुङ अपाङ्गता भएका व्यक्ति हुनुहुन्थ्यो । तितुङ अपाङ्गता भएका व्यक्तिको हकअधिकारका लागि क्रियाशील अधिकारकर्मी समेत हुनुहुन्थ्यो ।
जन्मजात होचो कदको हुनाले स्वासप्रश्वाससम्बन्धी समस्यामा रहनुभएकी तितुङको हिजो मंगलबार दिउँसो ४ बजे चितवन जिल्लाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।