हेटौंडाः बागमती प्रदेशको उपसभामुख अप्सरा चापागाईले मंगलबार सपथ ग्रहण गर्नुभएको छ । उपसभामुख चापागाई प्रदेश सभा नियमावली २०७४ को नियम १० बमोजिम पद तथा गोपनियताको सपथ लिनुभएको हो ।
उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा सभामुख भुवन कुमार पाठकले उपसभामुख चापागाईलाई सपथ ग्रहण गराउनुभएको हो । चापागाईले ६१ मत प्राप्त गरी सभामुख पदमा बहुमतको आधारमा निर्वाचित हुनुभएको थियो । सपथ ग्रहणमा प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल लगायतको उपस्थिति रहेको थियो ।