हेटौंडाः बागमती प्रदेशको प्रदेश सभा बैठक आज मंगलबार बस्दैछ । आज मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभा बैठकमा विश्वासको मत लिनु हुनेछ । साढे १२ बजेलाई तोकिएको प्रदेश सभा बैठक अहिलेसम्म सुरु भएको छैन ।

जम्मकट्टेल पुस २५ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । प्रदेशमा ७० सांसदको समर्थनसहित जमकट्टेल मुख्यमन्त्री बन्नु भएको हो ।