Home मुख्य समाचार बागमती प्रदेश सभाको बैठक सुरु

बागमती प्रदेश सभाको बैठक सुरु

प्रदेश सभा संचालन गर्दै ।

हेटौंडाः बागमती प्रदेश सभाको बैठक अहिले बस्दैछ । आज बिहान ११ बजेलाई तोकिएको बागमती प्रदेशको सभामुखको निर्वाचन करिब १ घण्टा ढिलो गरी अहिले १२ बजेबाट सुरु भएको छ ।

आजको बैठकमा बागमती प्रदेशको सभामुखको लागि निर्वाचन हुनेछ । सभामुखको लागि सत्तारुढ दलको तर्फबाट राप्रपाका भुवन पाठकले उम्मेदवारी दिनुभएको छ भने नेपाली कांग्रेसको तर्फबाट शिबराज अधिकारी तथा नेपाल मजदुर किसान पार्टीको तर्फबाट सृजना सायजुले उम्मेदवारी दिएका छन् ।

Exit mobile version