हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते मंगलबार मुख्यमन्त्रीको विश्वासको मत लिनु हुने भएको छ । उहाँले दिउँसो साढे १२ बजे प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेश गर्नु हुने कार्यक्रम रहेको छ ।
शुक्रबार बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्रीको विश्वासको मत लिने मिति तोकेको हो । अहिले प्रदेश सभा बैठक संचालन भईरहेको छ । बैठकमा सभामुख निर्वाचनको लागि प्रस्ताव पेश गरिएको छ । बागमती प्रदेशमा सभामुख पदको लागि ३ जनाको उम्मेदवारी परेको छ ।
