Home मुख्य समाचार मनहरीमा स्कुटर दुर्घटना, तीनजनाको मृत्यु

मनहरीमा स्कुटर दुर्घटना, तीनजनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बिहीबार राती १० बजेर ५० मिनेटको समयमा मनहरी–९, भलाद्मीचोकमा ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना भई गम्भीर घाइते अवस्थामा तीनजनालाई प्रहरीले उद्दार गरी उपचारका लागि भरतपुर पठाएको थियो ।

उपचारको क्रममा मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीका अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, अन्दाजी ३० वर्षीय मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३, लावतीका अन्दाजी ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका तीनैजनाको उपचारको क्रममा चितवन जिल्लास्थित भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

घटनाको प्रकृति हेर्दा अन्य सवारी साधनले स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको प्रहरीले थप अनुसन्धान थालेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

Exit mobile version