हेटौंडाः बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राष्ट्रिय प्रजातनत्र पार्टीका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने हुनु भएको छ । राप्रपाले बुधबार पार्टीका महामन्त्री समेत रहनु भएको पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ । उहाँ बागमती प्रदेश सभामा समानुपातिकबाट सांसद बन्नु भएको हो ।
सात दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने हुनु भएको छ । पाठकले २०३६ सालदेखि विद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएको थियो ।
