हेटौंडाः प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरुको लागि तीन दिने शैक्षिक सामग्री निर्माण तालिम मंगलबार सकिएको छ । सामुदायिक विकास संस्था नेपाल (सिडियो नेपाल) को आयोजना तथा प्लान नेपालको सहयोगमा तालिम भएको हो ।
तालिममा मनहरी गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुर गढी गाउँपालिकाबाट २३ जना महिला शिक्षकहरुको सहभािगता रहेको थियो । तालिममा सेतो गुरास बाल विकास केन्द्रकी सचिव संगीता कार्कीले सहजीकरण गर्नुभएको थियो । जसमा विज्ञान क्षेत्र, भाषा क्षेत्र, गणित क्षेत्र, सामाजिक क्षेत्र गरी ६ कुनाको लागि आवश्यक सामग्री तयार गर्न सिकाईएको छ ।
तालिममा सहभागी महिला शिक्षिकाहरुले आफ्नो केन्द्रमा शैक्षिक सामग्री निर्माण गरी पढाउनु पर्ने सिडियो नेपालका अर्जुन खड्काले जानकारी दिनुभयो । शैक्षिक सिकाईमा सामग्री प्रयोगको अनुगमन समेत गरिने उहाँले बताउनुभयो । कार्यक्रम सिडियो नेपालकी अध्यक्ष पदमा पौडेलको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा मनहरी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख हरि चन्द्र सापकोटा, स्रोत शिक्षक पूर्णभद्र भुषाल लगायतको उपस्थिति रहेको थिया
