Home खेलकुद एनभिए भलिबल: मकवानपुरको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको विजयी सुरुवात

एनभिए भलिबल: मकवानपुरको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको विजयी सुरुवात

भलिबल खेल्दै ।

हेटौंडाः काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष भलिबल प्रतियोगितामा मकवानपुरको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको विजयी सुरुवात भएको छ । सोमबार भएको प्रतियोगितामा मधेश प्रदेशलाई ३–१ को सेटले हराउँदै केशवलालले विजयी सुरुवात गरेको जिल्ला भलिबल संघका महासचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

केशवलालले पहिलो सेट र दोस्रो सेटमा क्रमसः २५–२१ र २५–२३ ले खेलमा जितको सुरुवात गरेको थियो । त्यस्तै, तेस्रो सेटमा केशवलालले २७–२९ ले हारेपनि चौथो सेटमा २५–१७ को सहज जित निकालेर ३–१ को सेटले मधेश प्रदेशलाई जितेको हो । खेलको म्यान अफ द म्याच केशवलालका नविन महतो घोषित भएका छन् । जितसँगै समूह ‘डी’ मा रहेको केशवलालले ३ अंक जोडेको छ । त्यस्तै अब केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको खेल भोली बुधबार हुनेछ ।

एनभिए भलिबल च्याम्पियनसीपको उपाधि विजेताले नगद ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । च्याम्पियनसीपको उपाधिको फाइनल खेल माघ १ गते हुनेछ ।

Exit mobile version