Home समाचार अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जना पक्राउ

अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जना पक्राउ

सांकेतिक चित्र ।

हेटौंडा: हेटौंडा उपमहानगरपालिका–१७ सालकपार्कमा डलर देखाई ठगी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो ३ बजेर २० मिनेटको समयमा अमेरिकी डलर देखाई ठगी गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा अबैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिसहरु भएको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खटिएको थियो । प्रहरीले ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ अमेरिकी डलर र ६ हजार २ सय १० नेपाली रुपैयाँसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका ४ जनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version