खाद्यान्न सहयोगपश्चात् सामुहिक तस्विर खिचाउँदै सहभागी ।

हेटौंडाः १२ औैं राष्ट्रिय मारवाडी युवा दिवसको अवसरमा मारवाडी युवा मंच हेटौंडाले हेटौंडा–५ स्थित हाम्रो घर बाल गृहमा आश्रितहरुलाई खाद्यान्न सहयोग गरेको छ । मंगलबार मारवाडी युवा मंचका अध्यक्ष चिराग अग्रवालको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा हेटौंडा घरलाई खाद्यान्न सहयोग गरेको हो ।

हाम्रो घरलाई खाद्यान्नमा चामल, प्याज, आलु, दाल, चिउरा, भुजा सहयोग गरेको अध्यक्ष अग्रवालले बताउनुभयो । त्यस्तै हाम्रो घरलाई खाद्यान्नसँगै संस्थाका बालबालिकालाई खाना खुवाएको थियो । हाल हाम्रो घरमा ३५ जना बालबालिका रहेका छन् । कार्यक्रममा मारवाडी युवा मंच हेटौंडाका निर्वतमान अध्यक्ष राहुल जालान, मारवाडी युवा मन्च हेटौंडाका सल्लाहकार राजेश अग्रवाल, हाम्रो घर बाल गृहकी अध्यक्ष इन्दिरा डल्लाकोटि, मारवाडी एशोसिएशनका अध्यक्ष पवन अग्रवाल, एशोसिएशनका सल्लाहकार दिपचन्द्र अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।