प्रदेशसभा सदस्यहरुले सपथ लिँदै । फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेशसभा बैठक आज सोमबार दिउँसो १ बजे बस्दैछ । बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन सोमबारका लागि आह्वान गरिएको हो ।

सोमबारको बैठकमा सभामुख र उपसभामुख चयनका लागि छलफल हुने र मनोनयन दर्ता हुने प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर बास्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ ।

सर्वदलीय बैठकले गरेको निर्णय प्रदेशसभामा जानकारी गराएपछि अगाडिको काम कारबाही हुने उहाँले जानकारी दिनुभयो । बागमती प्रदेशसभामा सरकार गठनको आह्वान प्रदेश प्रमुखबाट भएपछिमात्र सरकार गठनको प्रक्रियामा जाने उहाँले बताउनुभयो ।