हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा भारतीय कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
गत शुक्रबार हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बीआर ०१ एफभी २८१९ नम्बरको भारतीय कारको ठक्करबाट गम्भीर घाइते भएका मनहरीका १० वर्षीय राजेश परियारको उपचारको क्रममा आइतबार साँझ साढे ८ बजेको समयमा मृत्यु भएको हो ।
बालकको चितवन जिल्लाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बालकलाई ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।











