पदक विजेता मकवानपुरे खेलाडी ।

हेटौंडाः भारतको पन्जाव राज्यमा भएको खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा सहभागी मकवानपुरका खेलाडीले ६ स्वर्ण जितेका छन् । ४ जना खेलाडी सहभागी हुँदा सबैले पदक जितेका छन् ।

बिहीबारदेखि सुरु भई शनिबारसम्म सञ्चालन भएको प्रतियोगितामा मकवानपुरकी निरु कुमारी मगरले ३ स्वर्ण पदक जित्दा बिमल बिकले २ स्वर्ण पदक र यकिस रिजालले १ स्वर्ण पदक जितेका छन् । यासिकले एक रजत पदक र सुजल कार्कीले नि १ रजत पदक जितेका छन् । पदकसँगै मकवानपुरे खेलाडीले ट्रफी प्राप्त गरेका छन् ।