हेटौंडाः हेटौंडा–७ स्थित नागस्वती भेट्रान्स क्लबले गत भदौमा आयोजना गरेको रनिङ सिल्ड भेट्रान्स फुटबल प्रतियोगिता लागि आयोजनाका लागि सहयोग गर्ने प्रतिवद्धता प्राप्त साढे ७ लाख रुपैयाँ उधारो रहेको आयोजकले जनाएको छ ।

शुक्रबार क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर क्लबका अध्यक्ष सोमबहादुर तितुङले करिब २० लाख रुपैयाँ खर्च भएको उल्लेख गर्नुभयो । १९ लाख १५ हजार रुपैयाँ सहयोगको प्रतिवद्धता प्राप्त भए पनि ११ लाख ५८ हजार रुपैयाँ सहयोग संकलन भए पनि सहयोगको प्रतिवद्धता व्यक्त भएको ७ लाख ५७ हजार रुपैयाँ संकलन हुन बाँकी रहेको अध्यक्ष तितुङले बताउनुभयो । क्लबले खर्चको विवरण र तिर्न बाँकी विवरण सार्वजनिक गरेको छ । नागस्वती भेट्रान्सले गत भदौ १८ गतेदेखि २२ गतेसम्म नगस्वती भेट्रान्स रनिङ सिल्ड फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । क्लबले आगामी दिनमा किशोर खेलाडी उत्पादनमा ध्यान दिने अध्यक्ष तितुङले स्पष्ट पार्नुभएको छ ।