हेटौंडाः छिमेकी मुलुक भारतको पञ्जाव राज्यमा हुने आमन्त्रण तेक्वान्दो प्रतियोगितामा मकवानपुरका ४ खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा सहभागी हुन मकवानपुरबाट निरु कुमारी मगर, विमल बिक, सुरज कार्की र एकिस रिजाल सोमबार भारततर्फ प्रस्थान गरेका छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले सोमबार बिहान विदाई गरेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको उपस्थितिमा मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले खेलाडीलाई विदाई गरेको हो । मकवानपुरबाट निरु कुमारी मगर र विमल बिक कातातर्फ सहभागी हुनुका साथै अम्पायरिङ समेत गर्ने बताइएको छ भने सुरज कार्की र एकिस रिजाल स्पायरिङमै सहभागी हुने मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभयो ।










