हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा शनिबार निवृत्त शिक्षकहरुको पालिकास्तरीय प्रथम अधिवेशन सम्पन्न भएको छ । भेलाले कृष्ण कुमार कार्कीको संयोजकत्वमा ११ सदस्सीय कमिटि समेत गठन गरेको छ ।
थाहानगर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमूख आतिथ्यता तथा समाजका केन्द्रीय सचिव अभिमन्यू गौतमको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका बद्री गर्तौलाको अध्यक्षता रहेको थियो । भेलाले उपाध्यक्षमा साकुनानी अधिकारी, निरञ्जन अधिकारी, सचिवमा विष्णु बहादुर वस्नेत, कोषाध्यक्षमा विरेन्द्रभक्त श्रेष्ठ, सहसचिवमा मीरा कार्की, सह–कोषाध्यक्षमा गंगा लक्ष्मी प्रधान र सदस्यहरुमा मणिराज ढकाल, दिपेन्द्र राज प्रधान इन्द्रलाल प्रधान र बद्री गर्ताैला निर्विरोध चयन भएका छन् ।
कार्यक्रममा मकवानपुर जिल्ला सदस्य आत्माराम कार्की शिव प्रसाद लामीछाने, निरञ्जन अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
