हेटौंडाः मकवानपुर प्रहरीले चक्कु प्रहार गरेर फरार भएका हेटौंडा ६ का ३० वर्षीय अशिम बर्तौला र हेटौंडा ५ सानोपोखराका २५ वर्षीय हेमन्त थापालाई पक्राउ गरेको छ । उनीहरुले मंसिर २६ गते दिउँसो २ बजेर ५० मिनेटको समयमा हेटौंडा–२ स्थित वन कार्यालय नजिकै हेटौंडा–२ सिँचाई टोलका ३० वर्षीय डानियल न्यौपानेलाई एक्कासी कोखामा चक्कु प्रहार गरी घाइते गराएर फरार रहेका थिए ।
आइतबार खोजतलास गरेर बर्तौला र थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । बर्तौला र मगरलाई अहिले ज्यान मार्ने कसुरमा मुद्दामा हिरासतमा राखेर अनुसन्धान गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । चक्कु प्रहारबाट न्यौपाने गम्भीर घाइते भएका थिए ।
घाइते न्यौपानेलाई उपचारको लागि सहकारी अस्पताल मकवानपुरमा पठाएकोमा थप उपचारका लागि मंसिर २८ गते भरतपुरको चितवन मेडिकल कलेजमा रिफर गरेको थियो । न्यौपाने अहिले डिस्चार्ज भइसकेका छन् ।
