हेटौंडाः जिल्ला बार एशोसिएशन मकवानपुरको अध्यक्षमा अप्सरा बस्नेत चयन हुनुभएको छ । शनिबार सम्पन्न बारको साधारण सभाबाट बस्नेत जिल्ला बारको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
बस्नेतले जिल्ला बारका निवर्तमान अध्यक्ष ऋषि केबीलाई ३ मतले पराजित गर्नुहुँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । बस्नेतले १३ मत प्राप्त गर्नुभयो भने केबीले १० मत मात्र पाउनुभयो । यस्तै उपाध्यक्षका लागि जयराम सुवेदीले बुद्धि ढकाललाई ४ मतले पराजित गर्नुहुँदै उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । सुवेदीले १४ मत र ढकालले १० मत पाउनुभयो । शनिबार बारका अध्यक्ष र उपाध्यक्ष चयनका लागि २४ जना कानुन व्यवसायीहरुले मतदान गरेका थिए ।
बारको सचिवमा उम्मेदवार कृष्ण छत्कुली र शान्ति माया मोक्तानले १२–१२ मत पाउनुभयो । बराबर मत पाएपछि सहमतिको आधारमा २ वर्षे कार्यकालमा कृष्ण छल्कुलीले सचिवको भुमिका निर्वाह गर्नुहुनेछ । यस्तै मोक्तानले अर्को कार्यकालमा सचिवको जिम्मेवारी सम्हाल्नुहुनेछ । बारको सह–सचिवमा निर्विरोध रमिता चौलागाई र कोषाध्यक्षमा राधाकृष्ण मैनाली चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा पंकज अधिकारी, जगन्नाथ सुवेदी र दीपेन्द्र ढकाल चयन हुनुभयो ।