जेसीआई हेटौंडा लेडीको नवनिर्वाचित पदाधिकारीसहित निवर्तमान अध्यक्ष र प्रमुख निर्वाचन आयुक्त ।

हेटौंडाः जेसीआई हेटौंडा लेडीको वर्ष २०२३ को अध्यक्षमा डिलमाया घर्ती सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न साधारणसभाबाट डिलमायाको नेतृत्वमा सर्वसम्मत कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु निर्वाचित भएका छन् ।

कार्यकारी उपाध्यक्षमा शिखा भट्टराई शर्मा, र अस्मिता न्यौपाने निर्वाचित हुँदा उपाध्यक्षमा नम्रता श्रेष्ठ, कुसु पण्डित, पुजा बस्नेत र अलिशा न्यौपाने सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त प्रतिमा श्रेष्ठले जानकारी दिनुभएको छ । नवनिर्वाचित समितिले अन्य पदाधिकारी मनोनित गर्नेछ ।