हेटौंडाः हेटौंडा–४ स्थित मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः भोलाप्रसाद शर्मा खरेल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न २३ औं बार्षिक साधारणसभाले खरेलको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
साधारणसभाबाट उपाध्यक्षमा निर्जा उप्रेती, सचिवमा भोगेन्द्र लुईटेल, कोषाध्यक्षमा बुद्धिनाथ खतिवडा चयन हुनुभएको छ । यस्तै सदस्यमा केदार प्रसाद पुडासैनी, शम्भुप्रसाद बास्कोटा, त्रैलोक्य मोहन ठिके, लक्ष्मी गौतम, जयराम अधिकारी, उत्तम घिमिरे, हरिकृष्ण केसी चयन हुनुभएको छ । यस्तै लेखा समिति संयोजकमा हरिप्रसाद रिजाल, सदस्य राजकुमार जोशी र बन्दना सुवेदी चयन हुनुभएको छ । साधारणसभाको अवसरमा असल बचतकर्ता, असल ऋणी, सेयर सदस्य परिवारका उत्कृष्ट विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।
सहकारीका अध्यक्ष भोला प्रसाद शर्मा खरेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष नवीन सिगदेल, हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखाका अधिकृत हिम प्रसाद पौडेलको पनि आतिथ्य रहेको थियो ।